आयोगको आदेशमा अटेरी अशोक पक्राउ, निर्वाचन ऐन उल्लंघन गरेको आरोप
काठमाडाैं | बैशाख १८, २०७९
पाेखराः शनिबार निर्वाचन आयोग कास्कीको कार्यालय अगाडी प्रदर्शन गरेको विषयलाई लिएर अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
खड्कालाई निर्वाचन अधिकृतको आदेशमा पक्राउ गरिएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिएका छन् ।
खड्का पक्राउ परेका पुष्टी गर्दै जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले आयोगले पक्राउ गर्नु भनि पठाएको पत्रको आधारमा नियन्त्रणमा लिएको बताए । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ उल्लंघन गरेको पत्रको आधारमा खड्का पक्राउ परेका हुन् ।
यस विषयमा खड्काले माफी मागे र आयोगले माफी दिएको खण्डमा बाहेक कानुन बमोजिम कारवाही हुने जिप्रका कास्कीले जनाएको छ । अभियानका मेयर प्रत्यासी पौडेलले भने चुनाव चिन्ह लौरो नदिने भन्ने विषयमा प्रदर्शन हुँदा आक्रोशमा बोलेको विषयलाई लिएर अभियानको चुनावी प्रचार प्रभावित पार्न खोजिएको प्रतिक्रिया दिएका छन् ।
‘हामीलाई हिजैदेखि चुनाव चिन्ह दिने, पछि फेरी लौरो नमिल्ने भन्दै अनावश्यक तनाव दिने काम भइरहेको थियो’ पौडेलले भने ‘आज आएर अभियानलाई नै प्रभावित पार्न धरपकड सुरु गरिएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

