आयोगको आदेशमा अटेरी अशोक पक्राउ, निर्वाचन ऐन उल्लंघन गरेको आरोप
काठमाडाैं | बैशाख १८, २०७९
पाेखराः शनिबार निर्वाचन आयोग कास्कीको कार्यालय अगाडी प्रदर्शन गरेको विषयलाई लिएर अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
खड्कालाई निर्वाचन अधिकृतको आदेशमा पक्राउ गरिएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिएका छन् ।
खड्का पक्राउ परेका पुष्टी गर्दै जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले आयोगले पक्राउ गर्नु भनि पठाएको पत्रको आधारमा नियन्त्रणमा लिएको बताए । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ उल्लंघन गरेको पत्रको आधारमा खड्का पक्राउ परेका हुन् ।
यस विषयमा खड्काले माफी मागे र आयोगले माफी दिएको खण्डमा बाहेक कानुन बमोजिम कारवाही हुने जिप्रका कास्कीले जनाएको छ । अभियानका मेयर प्रत्यासी पौडेलले भने चुनाव चिन्ह लौरो नदिने भन्ने विषयमा प्रदर्शन हुँदा आक्रोशमा बोलेको विषयलाई लिएर अभियानको चुनावी प्रचार प्रभावित पार्न खोजिएको प्रतिक्रिया दिएका छन् ।
‘हामीलाई हिजैदेखि चुनाव चिन्ह दिने, पछि फेरी लौरो नमिल्ने भन्दै अनावश्यक तनाव दिने काम भइरहेको थियो’ पौडेलले भने ‘आज आएर अभियानलाई नै प्रभावित पार्न धरपकड सुरु गरिएको छ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

